कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

हिमाल प्रेस २ असोज २०८१ १८:१६ | Wednesday, September 18, 2024
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। प्रदेशसभा बैठकमा ९३ मध्ये ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए। कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएनन्। नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएनन्।

यसअघि कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। नेकपा (माओवादी केन्द्र)ले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

कोशीमा ९३ जना प्रदेशसभा सदस्य छन्। नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन्।

कोशी प्रदेशसभा एमालेको नेतृत्वमा र कांग्रेस सरकारमा सहभागी छ।

प्रकाशित: २ असोज २०८१ १८:१६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast