कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो

हिमाल प्रेस ६ असोज २०८१ १५:५२ | Sunday, September 22, 2024
कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो

तेहरान- इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।

‘ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको संख्या ५१ पुगेको छ भने घाइतेको संख्या २० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले जनाएको छ।

यसअघि पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्यास जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ।

प्रकाशित: ६ असोज २०८१ १५:५२ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast