 
                             
                                            काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र एशियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नौड काउचोइस सोमवार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा मन्त्री अधिकारीले एडीबीको सहयोगमा सञ्चालन भएका आयोजनाले नेपालको कृषि क्षेत्र, तथा ग्रामीण अर्थतन्त्रको विकास उल्लेख योगदान पु¥याएको भन्दै संचालित आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्याहरू पनि रहेकाले यी समस्याहरूलाइ आफूले गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्।
उनले भने,‘आगामी दिनमा सन्चालन हुने आयोजनाहरूमा क्रमशः समस्याहरू सुधार गर्ने विषयमा मेरो चासो रहेको छ।’
मन्त्री अधिकारीले नेपाल सरकारले यस आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष लिएकाले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एशियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा पनि व्यक्त गरे।
‘कृषिसँग सम्बन्धित उपजहरूको मुल्य श्रृंखला विकास तथा प्रशोधनमा गरिने सहयोगले मूल्य श्रृंखलामा विकास भई कृषि उपजको मूल्य अभिवृद्विका साथै मुल्य श्रृंखलामा किसानको पहुँच र हिस्सा पनि वृद्वि गर्न मद्दत पुग्ने भएकाले किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी पनि सृजना हुने गरी एशियाली विकास बैकको सहयोगमा नयाँ आयोजनाहरू सञ्चालन हुने छन् भन्ने मैले आशा गरेको छु,’ मन्त्री अधिकारीले भने।
बैंकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै थप परियोजनका सम्भावना खोज्न तयार रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 