किन पक्राउ परे कलाकार इकु? 

हिमाल प्रेस २६ भदौ २०८१ १६:५८ | Wednesday, September 11, 2024
किन पक्राउ परे कलाकार इकु? 

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान  शंकर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ परेका सुलेमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा,अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

उनले भने,‘पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।’

पक्राउ परेका निजले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए।

पक्राउ परेका निज सुलेमानको आज जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सीआईबीले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८१ १६:५८ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast