कांग्रेस र एमालेबाट मात्रै संविधान संशोधन सम्भव छैन : मन्त्री पाण्डे

हिमाल प्रेस २ असोज २०८१ १७:५३ | Wednesday, September 18, 2024
कांग्रेस र एमालेबाट मात्रै संविधान संशोधन सम्भव छैन : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन्।

बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे। ‘दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि हो। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौं।०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘संविधान संशोधन गर्नु पर्नेछ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन। राष्ट्रको हितका पक्षमा नेकपा माओवादी,राप्रपा, रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ।’

१० वर्षमा संविधानलाई पूनरावलोकन गर्नु पर्ने भन्दै उनले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए। मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए।

संविधानलाई जीवन्त बनाउन संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २ असोज २०८१ १७:५३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast