 प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर
                             प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर
                                            काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तापछि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको एक नेताले बताए।
भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु देउवा राणा, गृहमन्त्री रमेश लेखकलगायत थिए। एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेलले लगायत थिए।
भेटमा सरकारको साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको थियो। सोही विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बोलाउन थालिएको हो।
                            प्रकाशित: २३ भदौ  २०८१ २१:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 