कांग्रेस चितवनद्वारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

हिमाल प्रेस २ असोज २०८१ १५:४२ | Wednesday, September 18, 2024
कांग्रेस चितवनद्वारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

चितवन – नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ। ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका नेताहरुको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर बुधबार गणेशमान सिंह स्मृति वाटिका शुभारम्भ गरिएको छ। माडी–५ मा करिब दुई बिघा क्षेत्रफलमा उक्त वाटिका निर्माण सुरु गरिएको उनले जानकारी दिए।

सभापति खनालले भरतपुर महानगरपालिकामा बिपी शान्ति नगर वनलाई व्यवस्थित गरेर सोही वाटिकालाई व्यवस्थित गरिने बताए। रत्ननगरमा सुशील कोइराला स्मृति पार्क, खैरहनीमा शुवर्णशमशेर वाटिका, राप्तीमा गिरिजाप्रसाद कोइराला पार्क, कालिका नगरपालिकामा किसुनजी वाटिका र ईच्छाकामना गाउँपालिकामा शैलजा आचार्य स्मृति पार्क बनाउने योजना रहेको उनले जानकारी दिए।

खनालका अनुसार स्थानीय तहसँग उपयोग नभएर बसेका उपयुक्त जग्गा माग गरी आर्थिक संकलनमार्फत पार्क निर्माण गरिँदै छ। माडीमा गणेशमान सिंहको नाममा प्रतिष्ठान गठन गरिएको छ भने अन्य पालिकामा नेपाली कांग्रेस चितवनअन्तर्गत रहने गरी दर्ता गरिएको सान्दाजु स्मृति प्रतिष्ठानमार्फत् वाटिकाको निर्माण र संरक्षण गरिने योजना रहेको उनले उल्लेख गरे।

प्रकाशित: २ असोज २०८१ १५:४२ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast