 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा मन्तव्य राख्दै। तस्बिर :  रासस
                             नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा मन्तव्य राख्दै। तस्बिर :  रासस
                                            काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताएका छन्।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार ललितपुरमा आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ।’
वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्ता समीकरण बनेको बताए।
‘कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन्। तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन। सबैलाई मिलाएर लैजान चाहन्छौँ’, उनले भने। उनले सहमतिअनुसार केपी शर्मा ओलीले दुई वर्षपछि प्रधानमन्त्री छोड्ने बताए।
पार्टीका उपसभापति धनराज गुरुङले राजनीतिमा निराश छाइरहेको अवस्थामा नेपाली राजनीति र अर्थतन्त्रलाई गति दिन वर्तमान सत्ता गठबन्धन गठन भएको बताए।
कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वसँग संवादबाट समस्या समाधानका लागि निरन्तर लाग्नुपर्ने बताए।
‘सात सय ५३ स्थानीय तहमध्ये तीन सय ३२ स्थानीय तह र दुई हजार ६ सय ६८ वडामा कांग्रेसको नेतृत्व छ, त्यहाँ रहेर प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेछ, अहिले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वसँगको समन्वय हुन नसकेको अवस्था छ, त्यसलाई संवादबाट समस्या समाधान गर्न निरन्तर लाग्नुपर्नेछ। यसका लागि चार महिने अभियान सुरुआत गर्न गइरहेका छौँ’,उनले भने।
महामन्त्री थापाले आगामी उपनिर्वाचनमा विगतमा कांग्रेसले जितेका २१ स्थानमा पार्टीको जि सुनिश्चित गराउँदै अरु थप स्थानीय तहमा जित हासिल गर्न लाग्नुपर्नेमा जोड दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 