काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। मंगलबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान भएको सांसद रामहरि खतिवडाले जानकारी दिए।
उनका अनुसार पछिल्लो प्राकृतिक विपद्लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
कांग्रेसकाले संघीय सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने र पार्टीका तर्फबाट ५० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
प्रकाशित: १४ असोज २०८१ १४:११ | Monday, September 30, 2024
प्रतिक्रिया




