कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागमा १० सदस्य थपिए

हिमाल प्रेस ३० भदौ २०८१ १४:२४ | Sunday, September 15, 2024
कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागमा १० सदस्य थपिए कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० सदस्य मनोनयन गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम आइतबार विभागमा १० सदस्य थपेका हुन्। उक्त विभागको प्रमुख कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी हुन्।

थपिएका सदस्यमा काठमाडौंका पूर्णलाल श्रेष्ठ, कैलालीका पुष्पराज जोशी, दोलखाका राजेन्द्र श्रेष्ठ, अछामका नृप साउद, महोत्तरीका प्रकाश राय रहेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए।

सिन्धुपाल्चोकका महेन्द्र लामा, सुनसरीका विपीन किरण, अर्घाखाँचीका आयुष गौतम, स्याङ्जाकी चन्दा क्षेत्री र रुकुम पश्चिमका प्रविण ददेललाई पनि विभाग सदस्यमा मनोनयन गरिएको छ।

प्रकाशित: ३० भदौ २०८१ १४:२४ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast