फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ। बुधबार बिहान साढे ८ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागको हो।
आजको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि लागेको सहकारीको बचत अपचलन सम्बन्धी विषयमा छलफल हुने सम्भावना छ। गुरुङमाथि संसदीय छानविन समिति र प्रतिनिधिसभामा सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ।
त्यसैगरी उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
प्रकाशित: २६ भदौ २०८१ ८:१६ | Wednesday, September 11, 2024
प्रतिक्रिया



