काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको शुभकामना दिँदै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, प्रधानमन्त्री ओलीले देउवालाई दोसल्ला ओढाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी..’
प्रकाशित: २७ भदौ २०८१ १२:०६ | Thursday, September 12, 2024
प्रतिक्रिया



