एसडी योगी र रेश्मा पुनको डान्सिङ गीत ‘पिंकी पियारी’

हिमाल प्रेस १४ असोज २०८१ १२:५६ | Monday, September 30, 2024
एसडी योगी र रेश्मा पुनको डान्सिङ गीत ‘पिंकी पियारी’

काठमाडौँ- गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिंकी पियारी’ सार्वजनिक भएको छ। विनोद घर्ती मगरले निर्माण गरेको गीतको शब्द राम अविरल बिष्टले लेखेका छन् भने संगीतकार एसडी योगी स्वयं हुन्।

भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले नृत्य प्रस्तुत गरेका छन्। रोमान्टिक गीतको भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ। भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन्।

शान थापाले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायांकन, राजीव समरको कोरियोग्राफी, विवेक सुनारको सम्पादन, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा, सुप्रिम पराजुलीको र रंग संयोजनमा बनेको छ। गायक तथा संगीतकार एसडी योगीकै मिक्स तथा मास्टरिङ रहेको गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियोका निर्माता विनोद घर्ती मगर हुन्। उनका अनुसार गीतको भिडियो बनाएर टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा पोस्ट गर्ने श्रोतामध्ये सर्वाधिक भ्युज प्राप्त गर्ने भाग्यशालीलाई ‘युनिक मोबाइल होम एन्ड मर्मत सेन्टर, छिन्चु बजार, सुर्खेत’ को तर्फबाट कार्तिक २५ मा एउटा स्मार्टफोन उपहार प्रदान गरिनेछ।

प्रकाशित: १४ असोज २०८१ १२:५६ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast