एमाले सांसदले संसद्‌मै मागे उपसभामुखको राजीनामा

हिमाल प्रेस २५ भदौ २०८१ १३:५८ | Tuesday, September 10, 2024
एमाले सांसदले संसद्‌मै मागे उपसभामुखको राजीनामा इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन्। आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे।

‘नैतिकताको कुरा उठेको छ। पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।

आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो। यही विषयलाई अहिले सत्तारुढ दलले चर्काएको हो।

प्रकाशित: २५ भदौ २०८१ १३:५८ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast