एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

हिमाल प्रेस ४ असोज २०८१ १४:४६ | Friday, September 20, 2024
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।

पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघ ७९औँ महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेपछि उनले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीको असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ४ असोज २०८१ १४:४६ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast