एन्फा महिला लिग : बागमती क्लब वालिङसँग ४-० ले पराजित

हिमाल प्रेस ३ असोज २०८१ १९:३४ | Thursday, September 19, 2024
एन्फा महिला लिग : बागमती क्लब वालिङसँग ४-० ले पराजित

काठमाडौँ- काठमाडौँमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोंगोले खेलको २२ र ४० औं मिनेटमा गोल गरिन् भने ज्याकलिन नस्सालीले ५४ र ८३ मिनेटमा गोल गरिन्।

जितसँगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ।

प्रकाशित: ३ असोज २०८१ १९:३४ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast