एन्फा महिला लिग : चन्द्रपुरविरुद्ध त्रिभुवन आर्मीको १० गोल

हिमाल प्रेस ४ असोज २०८१ १८:२१ | Friday, September 20, 2024
एन्फा महिला लिग : चन्द्रपुरविरुद्ध त्रिभुवन आर्मीको १० गोल

काठमाडौँ- काठमाडौँ जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका, विभागीय टोली त्रिभुवन आर्मीसँग फराकिलो अन्तरले पराजित भएको छ। एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले चन्द्रपुरलाई १०–० गोल अन्तरले पराजित गरेको हो।

आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको पहिलो मिनेट, ४० औं मिनेट र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै अमिशा कार्कीले पनि खेलको २७, ४२ र ६८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन्। हिमा चौधरीले ३२, दीपा शाहीले ५२ , अन्जना राना मगरले ६७ र शर्मिला थापा मगरले ८५ औं मिनेटमा गोल गरिन्।
जितसँगै आर्मीको १६ अंक छ भने चन्द्रपुरको ७ अंक छ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशमाथि ८–० को फराकिलो जित निकालेको छ।

एपीएफको जितमा रश्मि कुमारी घिसिङले ५ गोल गरिन्। त्यस्तै अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन्। जितसंगै एपीएफ तालिकाको शीर्ष स्थानमा कायमै छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ।

प्रकाशित: ४ असोज २०८१ १८:२१ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast