एन्फा महिला लिग : कर्णालीविरुद्ध नेपाल पुलिसको जित

हिमाल प्रेस ९ असोज २०८१ १९:२३ | Wednesday, September 25, 2024
एन्फा महिला लिग : कर्णालीविरुद्ध नेपाल पुलिसको जित

काठमाडौँ- राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पुलिसका लागि निर्मला उपाध्यायले ४३ औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन्।

जितसँगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ। समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ।

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका र दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ।

प्रकाशित: ९ असोज २०८१ १९:२३ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast