एन्फा महिला लिग : बागमतीविरुद्ध एपीएफको ७ गोल

हिमाल प्रेस ११ असोज २०८१ १८:४५ | Friday, September 27, 2024
एन्फा महिला लिग : बागमतीविरुद्ध एपीएफको ७ गोल

काठमाडौँ- एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो।

एपीएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो।

जितसँगै ९ खेलमा २५ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ। पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ।

प्रकाशित: ११ असोज २०८१ १८:४५ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast