 
                             
                                            काठमाडौँ- फिल्म ‘एक्टरः टेक वान’ को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ३२ सेकेन्डको टिजरमा त्रिकोणात्मक प्रेमकथा र त्यसले निम्ताएको द्वन्द्वलाई प्रस्तुत गरिएको छ।
फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी छन्। अन्य कलाकारमा राजबल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी र देवेन्द्र नेपालको अभिनय छ।
राजन भुसालको निर्देशन गरेको फिल्ममा आकाश बराल र निर्देशक भुसालको संयुक्त लेखन छ। फिल्म कार्तिक १५ लक्ष्मी पूजादेखि प्रदर्शन हुनेछ।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता थम्मन कुमार भण्डारी हुन्। अनिश भुसाल यसको सह-निर्माता रहेको फिल्ममा क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन्।
                            प्रकाशित: १३ असोज  २०८१ १२:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/prakash-film.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 