 
                             
                                            काठमाडाैँ- माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षकका पेसागत समस्या र संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक – २०८० का विषयमा ध्यानाकर्ण गराएकाे छ। शिक्षामन्त्री भट्टराई गृहजिल्ला कास्की गएका बेला हिस्टुनका महासचिव शंकर तिवारीसहितले साेबारे ध्यानाकर्षण गराएका हुन्।
महासचिव तिवारीले साविक उमाविका विस्थापित शिक्षकलाई पुनर्वहाली गर्ने,अस्थायी अध्यापन अनुमतिपत्रको समस्या हल गर्ने गरी प्रक्रियाअगाडि बढिरहेको, झण्डै एक वर्षदेखि तलब नपाएका कार्यरत शिक्षकलाई तलबसुविधा अविलम्ब उपलब्ध गराउनु पर्ने, करार सम्झौता नवीकरणबाट उत्पन्न समस्या, दशकौंदेखि एउटै विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीको पनि स्थायी शिक्षक सरहसरुवा हुने विषय, संघीय शिक्षा ऐनमा समावेश गर्नुपर्ने विषयलगायत विविध विषयमा छलफल भएकाे बताए।
सो क्रममा शिक्षामन्त्री भट्टराई शिक्षक-कर्मचारीका समस्या समाधान गर्न तत्पर रहेकाे जानकारी पाएकाे पनि महासचिव तिवारीले बताए। तिवारीले भने,‘शिक्षाका विषयमा निरन्तर लागिरहनु भएको पायौं। आशा गरौँ, सम्भवतः शिक्षक अपेक्षा बमोजिम परिणाम आउन ढिला नहोला।’
यस्ताे छ ध्यानाकर्षण पत्र









 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 