उपसभामुखलाई गोकुल बास्कोटाले भने : प्रश्न उठेपछि मैले पनि राजीनामा दिएको हुँ तपाईं पनि दिनुस्

हिमाल प्रेस २५ भदौ २०८१ १४:४० | Tuesday, September 10, 2024
उपसभामुखलाई गोकुल बास्कोटाले भने : प्रश्न उठेपछि मैले पनि राजीनामा दिएको हुँ तपाईं पनि दिनुस् फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बास्कोटाले निरन्तर पीडित हुनुभन्दा पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

‘व्यक्तिगतरूपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैका निम्ति पारदर्शिता प्रदर्शन गर्न मार्ग प्रशस्त गरे हुन्छ,’ उनले भने। उनले लोकतन्त्रमा आफूलाई सही प्रमाणित गर्ने अवसर कानुनी राजमा हुने बताए। उनले प्रश्न उठाउँदैमा चीरहरण नहुने जवाफ पनि दिए।

‘कतिपय साथीहरूले भन्नुभयो, लोकतन्त्रको चीरहरण हुन्छ। उहाँमाथि प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘लोकतन्त्र नै त्यो व्यवस्था हो। जसले सबैप्रश्न उठाउन पाउँदछ।’

उनले आफूमाथि आरोप लागेपछि राजीनामा गरेको सन्दर्भ पनि सुनाए। ‘पटकपटक प्रश्न उठिसक्यो। कयौंँ दृष्टान्त पनि छन्। एउटा प्रश्न उठिसकेपछि मैले पदबाट राजीनामा दिएको थिएँ, ममाथि छानबिन गरियोस्। दोषी भए प्रमाणित गरियोस्। यति आँट राजनीतिक मान्छेसँग हुनुपर्छ,’ बास्कोटा भन्छन्।

उनले प्रश्न उठेपछि आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ त ? भनी प्रश्न गरे। सांसदहरूबारेमा प्रश्न उठे के गर्ने भन्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ।

उपसभामुखमाथि निर्णय संसद्ले गर्ने भन्दै भ्रम फैलाइएको भनाइ उनको छ। ‘सरकारले कुनै निर्णय गर्‍यो कि गरेन। त्यो सरकारको विषय हो र ? संसद्को बिजनेस हो। किन भ्रम फैलाएको ?,’ बास्कोटाको प्रश्न छ।

प्रकाशित: २५ भदौ २०८१ १४:४० | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast