उपसभामुखबारे कांग्रेस : ‘मार्गप्रशस्त गर्दा राम्रो’

हिमाल प्रेस २६ भदौ २०८१ ११:५८ | Wednesday, September 11, 2024
उपसभामुखबारे कांग्रेस : ‘मार्गप्रशस्त गर्दा राम्रो’ कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि प्रश्न उठेकाले मार्गप्रशस्त गर्न सुझाव दिएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

‘कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो। आफैँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,’ घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो।

 

प्रकाशित: २६ भदौ २०८१ ११:५८ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast