उपसभामुखबाट गल्ती भएको स्वीकार्दै रास्वपाले भन्यो : यसैलाई सरकारले बार्गेनिङ प्वाइन्ट बनायो

हिमाल प्रेस २६ भदौ २०८१ १३:३४ | Wednesday, September 11, 2024
उपसभामुखबाट गल्ती भएको स्वीकार्दै रास्वपाले भन्यो : यसैलाई सरकारले बार्गेनिङ प्वाइन्ट बनायो फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपसभामुखले पूर्ण ज्ञान नभएकाले गल्ती गरेको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभामुखले राजदूतावासमा लेखेको पत्रलाई लिएर उपसभामुखले गल्ती स्वीकारिसकेपछि पनि ठूला दलले भाग लिन खोजेको आरोप लगाए।

उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा पनि आपत्ति जनाए। ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚’ उनले भने‚ ‘नेपाली कांग्रेसले शिर झुक्यो भनेछ।

नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर?’

प्रकाशित: २६ भदौ २०८१ १३:३४ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast