उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

हिमाल प्रेस २६ भदौ २०८१ ९:४५ | Wednesday, September 11, 2024
उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्रोतले जनाएको छ। परिषद् बैठकको एजेन्डाका विषयमा खुलाइएको छैन।
उपसभामुख इन्दिरा रानालाई हटाउनका लागि एमाले–कांग्रेस लागेका छन्। यही बेला प्रधानमन्त्रीले परिषद् बैठक बोलाएका छन्।

प्रकाशित: २६ भदौ २०८१ ९:४५ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast