लुम्बिनी- संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रभातफेरी निकालेको छ। प्रदेश राजधानी परिसर दाङ राप्ती उपत्यकाको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायको झाँकी सहभागी थिए।
प्रदेश सरकारले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा मुल समारोहको आयोजना गरेको छ।

प्रकाशित: ३ असोज २०८१ ९:१४ | Thursday, September 19, 2024
प्रतिक्रिया






