इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु

हिमाल प्रेस ६ असोज २०८१ १३:४६ | Sunday, September 22, 2024
इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु

तेहरान- पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ।

‘तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ। यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गरेको छ।

स्थानीय समयअनुसार शनिबार राति ९ बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ। मिथेन ग्यासको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ।

प्रकाशित: ६ असोज २०८१ १३:४६ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast