इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

हिमाल प्रेस ११ असोज २०८१ २१:४१ | Friday, September 27, 2024
इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता तस्बिरः रोयर्टस।

जकार्ता (रासस/एएफपी)- पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। भग्नावशेषमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताए।

इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराए।

प्रकाशित: ११ असोज २०८१ २१:४१ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast