इजरायल–हिज्बुल्लाह संघर्ष : युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

हिमाल प्रेस १० असोज २०८१ १७:४८ | Thursday, September 26, 2024
इजरायल–हिज्बुल्लाह संघर्ष : युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार फाइल तस्बिर

काठमाडौँ- इजरायलले हिज्बुल्लाहसँग जारी युद्धलाई विराम दिन अस्वीकार गरेको छ। हिज्बुल्लाहसँग जारी संघर्षको मामिलामा उसले युद्धविरामलाई अस्वीकार गरेको हो।

इजरायलका विदेशमन्त्री काट्जले उत्तरतर्फ कुनै युद्धविराम नहुने बताएका छन्।

उत्तरी सीमामा रहेका इजरायली सुरक्षित तवरले फिर्ता नआउँदासम्म हिज्बुल्लाहविरूद्धको लडाइँ जारी रहने इजरायलले बताएको छ।

यसअघि इजरायल र लेबनान सीमामा जारी संघर्षका बीच अमेरिकासहित अन्य मुलुकहरूले युद्धविरामका लागि इजरायलसमक्ष प्रस्ताव गरेका थिए। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सेनालाई पूर्णशक्तिका साथ युद्ध गरिरहन निर्देशन दिएका छन्।

इजरायललाई १२ अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरूले युद्ध रोक्न आह्वान गरेका थिए। यो प्रस्तावको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन। यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, यो प्रस्तावमाथि प्रधानमन्त्रीले कुनै जवाफ दिनु भएको छैन। उत्तरी भागमा संघर्षलाई कम गर्न निर्देशन दिइएको भन्ने खबर पनि गलत हो।’
इजरायली सेनालाई पूर्णशक्तिका साथ युद्धमा डटि रहन प्रधानमन्त्रीले निर्देशन दिएको कार्यालयले बताएको छ।

प्रकाशित: १० असोज २०८१ १७:४८ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast