 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न निर्देशन दिएको छ। इजरायल र हिज्बुल्लाहबीच आक्रमण तीब्र बनेपछि बेलायतले आफ्ना नागरिकहरूलाई तत्काल लेबनान छोड्न निर्देशन दिएको हो।
बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले तीब्र बनेको आक्रमणको स्थितिलाई मध्यनजर गरी आफूहरूले थप तयारी गरिरहेको बताएका छन्।
बेलायतका नागरिकहरूलाई लेबनानबाट निकाल्न त्यहाँको रक्षा मन्त्रालयले सात सय ब्रिटिश सेनालाई त्यहाँ पठाउने भएको छ। लेबनानमा दश हजार बेलायती नागरिक रहेको बताइएको छ।
बेलायतका साथै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जापान, सउदी अरब, दक्षिण कोरिया र अमेरिकासहित अन्य देशहरूले पनि आफ्नो नागरिकलाई लेबनान छोड्न निर्देशन दिएको छ।
इजरायलले जनाएअनुसार बुधबार हिज्बुल्लाहले तेल अवीवलाई लक्षित गरेर बैलिस्टिक मिसाइल प्रहार गरे पनि त्यसलाई रोक्न सफल भएको जनाएको छ। उत्तरी इजरायलमा आफूहरूले दर्जनौं मिसाइल प्रहार गरेको हिज्बुल्लाहले जनाएको छ।
पछिल्लो समय इजरायलले हिज्बुल्लाहलाई लक्षित गरी लेबनानमाथि आक्रमणलाई तीब्र बनाएको छ। हिज्बुल्लाहले रकेट प्रहार गरेपछि जवाफी कारबाही सुरू गरिएको इजरायलको भनाइ छ।
इजरायल र हिज्बजुल्लाबीच जारी संघर्षका बीच लेबनानमा हालसम्म सयौँको मृत्यु भइसकेको बताइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 