आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड

हिमाल प्रेस २९ भदौ २०८१ १२:४८ | Saturday, September 14, 2024
आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड काठमाडौँ महानगर

काठमाडौँ- स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ।

स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका छन्।

छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे। काठमाडौँका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए।

काठमाडौँका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औँल्याए।

काठमाडौँका जिल्ला समन्वय अधिकारी लक्ष्मणविक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माणमा सम्बन्धित जिल्लाको भूमिका र जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गरे।

काठमाडौँ महानगरपालिका तथा अन्य नगरपालिकाको कार्यप्रगतिका साथै सांस्कृतिक, सामाजिक पक्षबारे प्रस्तुतिकरण गरिएको थियो।

प्रकाशित: २९ भदौ २०८१ १२:४८ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast