आन्दोलनका लागि २० हजार युवा दस्ता तयार पार्दै राप्रपा

हिमाल प्रेस ७ असोज २०८१ ७:५७ | Monday, September 23, 2024
आन्दोलनका लागि २० हजार युवा दस्ता तयार पार्दै राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रूपमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने भएको छ। आन्दोलनकेन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ मा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न गरिनेछ ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवलशमशेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रूपमा आन्दोलनको तयारी जारी राखेको छ । काठमाडौँ केन्द्रित आन्दोलनका लागि देशभरका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो।

‘देशमा चौतर्फी संकट र समस्या छ। देशको बीस प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रुपमा २६०० नेपाली देशबाहिर जान्छन्। यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरुप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलनकेन्द्रीत प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले देशका ७७ जिल्लामा गएर युवाका लागि प्रशिक्षण संचालन गर्नेछन्। पार्टी स्रोत अनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ।

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरीका ६,७४३ वडाबाट कम्तिमा तीन जना जुझारु यूवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो।

राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ।

देशभरीबाट चुनिएका युवाहरु सहभागी गराएर काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपा युवा दस्ता खडा गर्ने क्रममा छ। जिल्ला खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरु सहभागी हुनेछन् ।

प्रकाशित: ७ असोज २०८१ ७:५७ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast