 
                             
                                            काठमाडौँ- सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको हो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

                            प्रकाशित: २१ भदौ  २०८१ १४:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 