आधारभूत तहदेखि नै पाठ्यक्रम परिमार्जन गरिने

हिमाल प्रेस ६ असोज २०८१ ११:०४ | Sunday, September 22, 2024
आधारभूत तहदेखि नै पाठ्यक्रम परिमार्जन गरिने फाइल तस्बिर

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आधारभूत तहदेखिनै पाठ्यक्रममा परिमार्जनका लागि मन्त्रालयले छलफल अघि बढाउने बताएकी छन्। पाठ्यक्रमलाई समयसापेक्ष बनाउन मन्त्रालय त्यसमा जुटेको उनको भनाइ छ।

शिक्षा पत्रकार समूहको रजत जयन्ती कार्यक्रममा शिक्षामन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताइन्। कक्षा १० को मात्र नभइ आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्नेमा उनकाे जोड छ।

मन्त्री भट्टराईले पाठ्यक्रममा परिमार्जनका लागि मन्त्रालयले विज्ञटोलीसँग छलफल गर्ने बताइन्। उनले भनिन्,‘पाठ्यक्रमको परिमार्जनको लागि असोज दोस्रो साता छलफल गरेर निष्कर्षमा पुग्छौं।’

प्रकाशित: ६ असोज २०८१ ११:०४ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast