आजदेखि लामोदूरीका सवारी सञ्चालनमा आउने

हिमाल प्रेस १४ असोज २०८१ १६:०६ | Monday, September 30, 2024
आजदेखि लामोदूरीका सवारी सञ्चालनमा आउने बसपार्क

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज साँझदेखि लामोदूरीका सवारी सञ्चालनमा आउने बताएका छन्। हिमालप्रेससँगको कुराकानीमा मन्त्री दाहालले बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडकहरू अस्थायी रुपमा निर्माण गरेर भए पनि आजैदेखि लामो दूरीका सवारी सञ्चालनमा आउने बताएका हुन्।

क्षतिग्रस्त सडकको मर्मत गरी यातायात सञ्चालन गर्ने सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ। ‘चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्चालन भइसक्नेछन् र आजदेखि नै पानीको अवस्था हेरेर सडक मर्मत सकिएका क्षेत्रमा यातायात सञ्चालन हुनेछन्’ उनले भने।

मन्त्री दाहालका अनुुसार सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरू सञ्चालन हुनेछन्।

शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गमा आएको बाढीपहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुटेका छैनन्। आजदेखि त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ-मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने मन्त्री दाहालको भनाइ छ।

प्रकाशित: १४ असोज २०८१ १६:०६ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast