अस्ट्रेलियामा दसैँको टीका असोज २७ गते

हिमाल प्रेस २८ भदौ २०८१ ६:२८ | Friday, September 13, 2024
अस्ट्रेलियामा दसैँको टीका असोज २७ गते

काठमाडौँ– अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अस्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ।

वैदिक परिषद् अस्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चांग’मा विजयादशमी (टीका) र लक्ष्मीपूजा नेपालका पञ्चांगसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अस्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो।

समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुुसार चाड पर्वादि मनाउन स्पष्ट पारिएको उल्लेख छ।

अस्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अस्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ।

नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ।

प्रकाशित: २८ भदौ २०८१ ६:२८ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast