असोज ३ सम्म काठमाडौँ नछोड्न एमाले सांसदहरूलाई निर्देशन

हिमाल प्रेस २५ भदौ २०८१ १२:२० | Tuesday, September 10, 2024
असोज ३ सम्म काठमाडौँ नछोड्न एमाले सांसदहरूलाई निर्देशन

काठमाडौँ- नेकपा एमालेले आउँदो असोज ३ सम्म आफ्नो सांसदहरूलाई काठमाडौँ नछाड्न निर्देशन दिएको छ।

आज बिहान संसदीय दलबाट सांसदहरूलाई फोन गरिएको छ। ‘हामीलाई म्यासेज आएको छ। किन भन्ने खुलाइएको छैन,’ एमालेका एक सांसदले भने,‘केही नयाँ घटना घट्दैछ कि भन्ने अनुमान छ।’

यता, एमाले प्रमुख सचेतक महश बर्तौलाले पनि सर्कुलर पठाइएको पुष्टि गरे। उनले यसबारे थप खुलाउन चाहेनन्। उपसभामुख इन्दिरा रानालाई हटाउनेगरी एमालेसहित सत्ता गठबन्धन लागेको बताइएको छ।

प्रकाशित: २५ भदौ २०८१ १२:२० | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast