असोज १३ गतेदेखि राष्ट्र बैंकले सुकिला नोट सटही गर्ने

हिमाल प्रेस २६ भदौ २०८१ १२:१० | Wednesday, September 11, 2024
असोज १३ गतेदेखि राष्ट्र बैंकले सुकिला नोट सटही गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैँतिहार लक्षित नोट सटही सुरु गर्ने भएको छ। दसैँतिहार लक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको बैंकले जनाएको छ।

राष्ट्र बैंकले अघिल्लो वर्षहरूमा चाडपर्व लक्षित नयाँ नोट दिँदै आएकोमा यस वर्ष भने सुकिला नोट मात्रै वितरण गर्ने भएको छ। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।

उनका अनुसार यस बर्षको दशैंमा सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी राष्ट्र बैंकले सटही सुविधा खुलाउन लागेको हो। राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दसैंमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको उनको भनाइ छ।

राष्ट्र बैंकले यसअघि दसैँमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण तयारी भएको बैंकले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८१ १२:१० | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast