अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

हिमाल प्रेस २९ भदौ २०८१ ९:५९ | Saturday, September 14, 2024
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा फाइल तस्बिर

बैतडी- लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो।

दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। लगातार तीन दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।

यहाँ गत बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ।

प्रकाशित: २९ भदौ २०८१ ९:५९ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast