अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्नेछन् : रवि लामिछाने

हिमाल प्रेस २ असोज २०८१ १८:४२ | Wednesday, September 18, 2024
अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्नेछन् : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी हेर्नेहरूलाई पनि सहकारी ठग भन्न सक्ने बताएका छन्। बुधबार राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता  पुष्टि गर्न नसकेपछि गोर्खा मिडियासँग जोडेको बताएका हुन्।

‘कहिले मसँग प्रमाण छ भन्ने, त्यो प्रमाण गृहमन्त्रीसँग छ भन्ने, कहिले सहकारी अपचलन छ भन्ने फेरि गोर्खा मिडिया भन्ने कुरा फेर्दा फेर्दा एकदिन उनीहरू ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नसक्ने छन्,’ उनले भने।

उनले सहकारीको एक पैसा नखाएको दाबी गरे।

प्रकाशित: २ असोज २०८१ १८:४२ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast