अफगानिस्तानले किन गर्दैछ भारी संख्यामा शिक्षक र कर्मचारी भर्ना?

हिमाल प्रेस ३१ भदौ २०८१ २०:०६ | Monday, September 16, 2024
अफगानिस्तानले किन गर्दैछ भारी संख्यामा शिक्षक र कर्मचारी भर्ना? तस्बिरः एएफपी

काबुल (रासस/एएफपी)- अफगानिस्तानको तालिबान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन्।

शिक्षा मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताए।

अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन।

अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्राहरू कक्षा ७ भन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन्।

प्रकाशित: ३१ भदौ २०८१ २०:०६ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast