अपाङ्गता भएका ३४ इजरायली नागरिकद्वारा अन्नपूर्ण क्षेत्रमा पदयात्रा

हिमाल प्रेस ११ असोज २०८१ १८:५५ | Friday, September 27, 2024
अपाङ्गता भएका ३४ इजरायली नागरिकद्वारा अन्नपूर्ण क्षेत्रमा पदयात्रा

काठमाडौँ- अपाङ्गता भएका ३४ जनासहित इजरायलका ९४ जना नागरिकले अन्नपूर्ण हिमाल आसपासका क्षेत्रमा सफलतापूर्वक पदयात्रा सम्पन्न गरेका छन्। सेप्टेम्बर १८ मा सुरू भएको पदयात्रा बिहीबार सम्पन्न भएको हो।

काठमाडौँस्थित इजरायली दूतावासले जनाएअनुसार टोलीमा १२ जना ह्वील चेयरमा, २२ जना फरक क्षमता भएका र बाँकी सहयोगी आरोहीहरू थिए।

हुन्दे विमानस्थलबाट यात्रा सुरू गरेका उनीहरूले मनाङमा दुई रात बिताएका थिए। यसका साथै उनीहरूले ५ हजार ४१६ मीटरको उचाइमा रहेको थोरङ्लापास सफलतापूर्वक पार गरेका थिए।

इजरायलका लागि नेपाली राजदूत हनन गोडर र नेपाल पर्यटन बोर्डकालक्ष्मण गौतमले आरोहीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

टोलीले पूरा गरेको हिमाल यात्राबाट दृढ संकल्प र समूहकार्यको दह्रिलो सन्देश प्रभाव गर्ने दूतावासले विश्वास लिएको छ।

प्रकाशित: ११ असोज २०८१ १८:५५ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast