अधिकतम भाडा नलिने वायुसेवा सञ्चालक संघको निर्णय

हिमाल प्रेस १४ असोज २०८१ १८:४२ | Monday, September 30, 2024
अधिकतम भाडा नलिने वायुसेवा सञ्चालक संघको निर्णय फाइल तस्बिर।

काठमाडौँ– वायु सेवा सञ्चालक संघले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ। संघको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सञ्चालन नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो।

‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै संघले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ,’ संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हवाई भाडा महङ्गो भएको नागरिकस्तरबाट गुनासो आएपछि संघको आइतबारको बैठकले सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिनमात्र सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरेका छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुदाँ हवाइ उडानमा यात्रुको चाप बढेको छ।

आइतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित: १४ असोज २०८१ १८:४२ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast