गर्मीले सप्तरीमा विद्यालय बिदा

हिमाल प्रेस ८ असोज २०८१ १४:५३ | Tuesday, September 24, 2024
गर्मीले सप्तरीमा विद्यालय बिदा विद्यालय

सप्तरी- तराई–मधेशमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गतका विद्यालयमा बिदा दिइएको छ। नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो।

नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ। साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ।

कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए।

प्रकाशित: ८ असोज २०८१ १४:५३ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast