कर्जा लगानीमा वातावरणीय र सामाजिक निर्देशिका अनुसरण गर्न राष्ट्र बैंकको आग्रह

हिमाल प्रेस ११ असोज २०८१ १०:०४ | Friday, September 27, 2024
कर्जा लगानीमा वातावरणीय र सामाजिक निर्देशिका अनुसरण गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा वातावरणीय र सामाजिक निर्देशिका अनुसरण गर्न आग्रह गरेका छन् । बढ्दो जलवायु परिवर्तनजन्य क्षति बढीरहेको तर्फ ध्यानाकर्षण गर्दै गभर्नर अधिकारीले जलवायुजन्य जोखिमलाई वेवास्ता गर्दा अर्बौं रुपैयाँको लगानी शून्य हुने परिस्थिति सिर्जना हुने विपद्का घटनाहरूले देखाएको भन्दै त्यसतर्फ सचेत हुन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरे ।

उनले जोखिम मूल्यांकन गरेर लगानी गर्न र जोखिम न्यूनीकरण गरी लगानी गर्नुपर्ने भन्दै जोखिम देखाएर पन्छने सुविधा भने बैंकहरूलाई नभएको बताए । कर्जा जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकले पनि सहजीकरण गर्ने उनको भनाइ थियो ।

“जोखिम देखाएर पन्छन थाल्नुभयो भने केही वास्तविक क्षेत्रहरूमा लगानीको आवश्यकता पूरा हुन सक्दैन र यसले हाम्रो समृद्धिको यात्रालाई प्रभावित पार्छ,” गभर्नरले भने, “त्यसकारण लगानी गर्नबाट नै पन्छने होइन जोखिम न्यूनीकरण गरेर लगानी गर्नुहोस् ।”

जोखिम न्यूनीकरण र अनुकुलन गरी कर्जा लगानी गर्नका लागि बैंकहरूले नेपाल बैैकर्स एसोसिएसनमा सस्टेनेबल फाइनान्स डिपार्टमेन्ट स्थापना गरेका छन् ।

प्रकाशित: ११ असोज २०८१ १०:०४ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast