कांग्रेस र कम्युनिस्ट मिलेर देशलाई खोक्रो बनाए : यादव

हिमाल प्रेस १५ भदौ २०८१ १९:२७
6
SHARES
कांग्रेस र कम्युनिस्ट मिलेर देशलाई खोक्रो बनाए : यादव फाइल तस्बिर।

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिस्टको भरमा अब देश चल्न नसक्ने बताएका छन्।

जसपा नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए। विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिस्ट नै दोषी रहेको उनको भनाइ छ।

‘बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिस्ट मिलेर देश चलाएको छ, यो अवधिमा मुलुकको विकासले गति लिन सकेन,’ उनले भने,‘विकासका हरेक सुूचक ध्वस्त हुनुमा यी दुई पार्टी प्रमुख कारक हुन्।’

अध्यक्ष यादवले मुलुकमा कमिसनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्र मौलाएको आरोप लगाए। भ्रष्टतन्त्र, लुटतन्त्र र कमिसनतन्त्रको विकास हुनुमा कांग्रेस, एमाले र माओवादी केन्द्रको ठूलो भूमिका रहेको उनले बताए।

उनले साना दलहरूलाई समाप्त पार्ने गरी देशमा समानुपातिक प्रणाली हटाउने षडयन्त्र भइरहेको दाबी गरे। संविधान संशोधनको नाममा समानुपातिक प्रणाली अन्त्य गर्ने षडयन्त्र भइरहेको उनको भनाइ छ।

प्रकाशित: १५ भदौ २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast