कांग्रेसको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १५ भदौ २०८१ ८:५८
14
SHARES
कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले बताएका छन्। महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिको प्रस्तावमाथि छलफलपछि सहमति खोजिने छ।

यस प्रस्तावबारे सभापति देउवाले महामन्त्रीद्वय थापा-शर्मासँग पटकपटक छलफल गरेका छन्। तर, सहमति जुटेको छैन। देउवाले दुवै प्रस्तावमा आवश्यक संशोधन गर्न चाहेका छन् भने महामन्त्रीद्वय आफ्नो प्रस्तावकै अडानमा छन् ।

प्रकाशित: १५ भदौ २०८१ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =