सहरमा आज : थिएटरमा ४ नाटक, हलमा कुनकुन फिल्म?

हिमाल प्रेस १५ भदौ २०८१ ६:४०
48
SHARES
सहरमा आज : थिएटरमा ४ नाटक, हलमा कुनकुन फिल्म?

काठमाडौँ- भदौको तेस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता नाटकघर र हलमा केकस्ता फिल्म र नाटक चलिरहेको छ त?

मण्डलामा ‘शिल्पिनी’
थापागाउँस्थित मण्डला थिएटरमा मण्डलाकै पूर्व विद्यार्थीको समुहले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको दुई नाटक चलिरहेको छ।
भदौ १५ (आज) देखि नाटक ‘शिल्पिनी’ मञ्चन हँुदैछ। श्रीया सिंह र रवी किरणको लेखन रहेको नाटक वेदना राईले निर्देशन गरेकी हुन्। नाटक विभिन्न क्षेत्रमा महिलाले भोगिरहेको कथामा आधारित छ। नाटकमा रोशनी कार्की, प्रमिला राई, उमेश सुनाम, सुजेन सिलवालको अभिनय छ। भदौ २६ सम्म मञ्चन हुने नाटकको आज दुई सो हुँदैछ। दिउँसो १ बजे र बेलुका ४ बजे।

‘नुग्ध’
मण्डलामै भदौ ७ देखि नाटक ‘नुग्ध’ मञ्चन भइरहेको छ। यो मण्डलाकै पूर्व विद्यार्थीको समुहले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको थियो। नुहाङ लामाको लेखन रहेको नाटक विजय तामाङ ब्लोनले निर्देशन गरेका हुन्।
नाटकमा डान्सर बन्न एक युवकले गर्नुपरेको संघर्ष प्रस्तुत गरिएको छ। सोमबारबाहेक साताको प्रत्येक दिन साझ ५ः ३० बजे मञ्चन भइरहेको नाटक भदौ १८ सम्म चल्नेछ। शनिबार दिउँसो १ः३० बजे पनि सो रहेको छ।

शिल्पीमा ‘सोरठी’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि नाटक ‘सोरठी’ मञ्चन भइरहेको छ। नाटक मगर समुदायको कथामा आधारित छ। प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित नाटकमा मगर समुदायको कथा प्रस्तुत गरिएको छ। उपन्यासका लेखक सञ्जय काउछा मगर हुन्। नाट्यकर्मी संगीता थापामगरले परिकल्पना र निर्देशन गरेकी छन्। यो उनको डेब्यु निर्देशन हो। निर्देशनमा संगीतासँगै लेखक सञ्जयको पनि सहकार्य छ।

नाटकमा कलाकार कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्वम मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवारको अभिनय छ। नाटक भदौ ३० गतेसम्म मञ्चन हुनेछ। नाटक साताको प्रत्येक दिन मंगलबारबाहेक साँझ ५ः ३० बजे र शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

कौसीमा ‘काँचो धागो’
टेकुस्थित कौसी थिएटरमा भदौ ६ देखी नाटक ‘काँचो धागो’ मञ्चन भइरहेको छ। आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा बनेको नाटकका लेखक रंगकर्मी मुक्ति हुन्। यो उनको पहिलो नाटक लेखन हो।
नाटक मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग सम्बन्धित छ। नाटकमा लेखक मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल ,निष्ठा त्रिपाठी ,पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय छ। नाटक भदौ २९ गतेसम्म मञ्चन हुनेछ। नाटक शनिबार (आज) दुई सो हुनेछ। दिउँसो १ बजे र साँझ ५ः१५ बजे। र शनिबार को अतिरिक्त सो हुनेछ। मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे रेगुलर सो हुनेछ। नाटक वोयज प्रालिको प्रस्तुति र कथा घेराको सहकार्यमा मञ्चन गरिएको हो।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

वर एण्ड वधु
भदौ १४ देखि हलमा आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड वधु’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक मिलन चाम्स हुन्। रोमान्टिक र ड्रामा जनरामा बनेको फिल्म
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको २१ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘वर एण्ड वधु’ चलिरहेको छ।

सतीदेवी
भदौ ७ देखि हलमा फिल्म ‘सतीदेवी’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक लक्ष्मण सुनार हुन्। नारीप्रधान फिल्ममा एक दम्पतिको छोरीमात्रै हुन्छ। र छोरा नभएको भन्दै गाउँ समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण र पतिको यातनालाई प्रस्तुत गरिएको छ। फिल्ममा मलिका महत मुख्य भूमिकामा छिन्। अन्य कलाकार कुलबहादुर अधिकारी, सन्दिपबाबु लोहनी, हर्षिका वली, रमेश बुढाथोकी, मञ्जिला बाँनीया, भोला सापकोटालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ।

नमेटिने घाउ
भदौ ७ देखि हलमा फिल्म ‘नमेटिने घाउ’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक रमित ढुङ्गाना हुन्। फिल्म एसिड पीडितको कथामा बनेको छ। फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, सुरवीर पण्डित लगायत केपी ओली, माधवकुमार नेपाल र केही प्रहरीहरुको पनि भूमिका छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुरको एक सो छ।

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भइरहेको फिल्म ‘घरज्वाइँ’ मा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिजमा फिल्म ‘घरज्वाइँ’ चलिरहेको छ।

थंगलान
दक्षिण भारतीय फिल्म ‘थंगलान’ भदौ १४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक पा रञ्जित हुन्। एक्सन, एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा विक्रम, पार्वती तिरुवोथु, मालविका मोहननलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको २४ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा ‘थंगलान’ चलिरहेको छ।

वेदा
बलिउड फिल्म ‘वेदा’ भदौ ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक निखिल आडवाणी हुन्। फिल्ममा जोन अब्राहम, शर्वरी, अभिषेक बनर्जी मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा को एक सो छ।

स्त्री २
साउन ३१ देखि नेपाली हलमा हिन्दी फिल्म ‘स्त्री’ प्रदर्शन भइरहेको छ। श्रद्दा कपुर र राजकुमार रावको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक अमर कौसिक हुन्। फिल्म हरर र कमेडी जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको २९ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘स्त्री २’ चलिरहेको छ।

प्रकाशित: १५ भदौ २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast