सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे

हिमाल प्रेस १४ भदौ २०८१ १४:४०
8
SHARES
सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय रहेको बताएका छन्।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए।

उनले भने,‘प्रत्येक समाज र देशको आ-आफ्नै संस्कृति छ। बीर गोरखाली र हाम्रा पोरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्। हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ।’ उनले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने प्रस्ट पारे।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताए। उनले भने, ‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ। सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छु।’ मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गरे।

कार्यक्रममा पूर्वमन्त्री बल बहादुर केसी, पूर्वमन्त्री शंकरप्रसाद कोईराला, प्रतिष्ठानका पूर्वअध्यक्ष शंकर प्रसाद पाण्डे, प्रतिष्ठानका पुर्वअध्यक्ष, प्रेम कुमार श्रेष्ठ ,सन्तोष थापा मगर, लाप्पा फुटि सेर्पा सम्मानित समेत भएका थिए।

साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन समेत गरिएको थियो।

प्रकाशित: १४ भदौ २०८१ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =