रास्वपाका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

हिमाल प्रेस १४ भदौ २०८१ ११:४१
18
SHARES
रास्वपाका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। पार्टी हित विपरीत गतिविधि गरेको भन्दै प्रदेश सभापति प्रकाश विष्टले उनलाई बर्खास्त गरेका हुन्।

‘…यहाँले पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्प्टीकरण पत्रको जबाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० उपधारा १ को ग र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को ट बमोजिम यहाँलाई आज मिति २०८१-०५-१३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु’ विष्टले जारी गरेको पत्रमा उल्लेख छ।

 

प्रकाशित: १४ भदौ २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =